सर्वोत्तम सिमेन्टले १ अर्ब ४५ लाख नाफा कमायाे

-



     सफल आवाज    
     भाद्र २ गते २०८२ मा प्रकाशित



काठमाडौं, २ भदाै । सर्वोत्तम सिमेन्टकाे नाफा ५७२.५२ प्रतिशतले बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिमा रुपैयाँ १ अर्ब खुद नाफा कमाएको छ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म रुपैयाा १४ करोड ९३ लाख खुद नाफा कमाएको थियाे । गत आर्थिक वर्षमा रुपैयाँ १ अर्ब ४५ लाख खुद नाफा कमाएको छ। जाे ५७२.५२ प्रतिशतले बढि हाे ।

कम्पनीको बिक्री आम्दानी ४९.८७ प्रतिशतले बढेकाे छ । यसरी बढेर रुपैयाँ ९ अर्ब ५५ करोड भएकाे छ। कुल नाफा १७३.०१ प्रतिशतले र अन्य आम्दानी २१८.०२ प्रतिशतले बढेको छ। कुल खर्च ५४.३८ प्रतिशतले बढेको देखिएकाे छ।

कम्पनीको प्रतिशेयर आम्दानी आम्दानी १६ रुपैयाँ ९८ पैसा बढेर २० रुपैयाँ १९ पैसा भएकाे छ। प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ रहेको छ।

कम्पनीको चुक्ता पूँजी रुपैयाँ ४ अर्ब ९७ करोड ५५ लाख रहेकाे छ । अन्य इक्विटी रुपैयाँ ४ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ रहेको जनाइएकाे छ।