साझा विषयमा संघीय कानून नबनेकोले प्रदेशमा कानून बनाउन सकिएन : मुख्यमन्त्री गुरुङ

-



     सफल आवाज    
     माघ ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ माघ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले साझा विषयमा संघिय कानून नबनेकोले प्रदेशमा कानून बनाउन नसकिएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४८ औं बैठकमा मुख्यमन्त्री गुरुङले मुख्य ६ बुँदा तथा सहायक बुँदाहरुमा समस्या समाधानका विषयहरु प्रस्तुत गरेको उनका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिएका छन् ।

बुँदा नं १ मा संघियता कार्यान्वयनमा जोड दिईएको छ । संविधानका कतिपय साझा सूचीका विषयमा संघीय कानून नबनेकोले प्रदेशमा त्यससम्बन्धी कानून बनाउन नसकिएको, साझा अधिकारका विषयमा बनेका केही कानूनहरु भूमि, सडक, वन सम्बद्ध ऐन लगायतका बारेमा स्पष्ट नभएको जनाईएको छ ।

संघीय ऐन निर्माण गर्दा प्रदेशको एकल अधिकारमा अतिक्रमण हुनेगरी कानून बनाईएको, राष्ट्रिय वन प्रदेश सरकारको एकल अधिकार भएको तर वन ऐन २०७६ को दफा ६ २ मा एक वर्षभन्दा बढी सजाय हुने मुद्धाको अनुसन्धान अधिकारी नेपाल सरकारले तोक्ने प्रावधानले वन सम्बन्धी मुद्धा अनुसन्धान र अभियोजन गर्न कठिन भएको लगायतका रहेका छन् ।

गण्डकी प्रदेशले प्रदेश प्रहरी ऐन जारी गरीसकेको अवस्थामा प्रहरी समायोजन गर्नेतर्फ कारबाही भएकोले छिट्टै प्रहरी प्रदेशमा समायोजन हुनुपर्ने उल्लेख गरीएको छ । नयाँ संघीय कार्यालयहरु खोल्दै जाँदा प्रदेशको कार्यक्षेत्र संकुचन हुँदै गएको, विकास निर्माणका काम प्रदेशलाई हस्तान्तरण गरी नेपाल सरकार नीति निर्माण र ठूला राष्ट्ररिय गौरवका आयाोजना निर्माणमा मात्र सिमित गर्न उपयुक्त हुने उल्लेख गरेका छन् ।

बुँदा नं २ मा आयोजना, कार्यक्रम व्यवस्थापनमा जोड दिईएको छ । बुँदा नं ३ मा प्रदेशका लागि जग्गाको भोगाधिकार प्राप्ति, बुँदा नं ४ मा संगठनर कर्मचारी व्यवस्थापन, बुँदा नं ५ मा याताया क्षेत्रको व्यवस्थापन र ६ नं मा अन्य विषयहरु समेटिएका छन् । जस्तो : हिमाली जिल्लामा आर्थिक वर्षको अलग्गै व्यवस्था हुनुपर्ने, वैज्ञानिक वन व्यवस्थापन उच्चस्तरीय छानविन समितिको सुझाव कार्यान्वयन गर्दा वैज्ञानिक वन व्यवस्थापन, काठ दााउराको बिक्री वितरण र राजश्वमा सहजता हुनुपर्ने उल्लेख गरीएको छ । यस्तै ढुंगा, गिट्टि बालुवाको बिक्रीबाट प्राप्त राजश्व प्रदेश र स्थानिय तहबीच ४० र ६० प्रतिशतको दरले बाँडफाँट गर्ने व्यवस्था भएको त र नियमनका प्रदेश सरकारको भूमिका नभएको कुरालाई समसेटिएको छ ।

मुख्यमन्त्री गुरुङले बैठकका प्रस्तुत गरेका विषयहरूकाे पूर्ण विवरण :

१. सङ्घीयता कार्यान्वयन • संविधानको साझा सूचीका कतिपय विषयमा सङ्घीय कानून नबनेको कारणबाट प्रदेशबाट सम्बन्धित विषयको कानून निर्माण गर्न नसकिएको,• साझा अधिकारका विषयमा बनेका केही कानूनहरूले स्षष्टता नभएको (भूमि, सडक, वन सम्बद्ध ऐन लगायत),• सङ्घीय ऐन निर्माण गर्दा प्रदेशको एकल अधिकारमा अतिक्रमण हुने गरी कानून बनाइएको, (राष्ट्रिय वन प्रदेश सरकारको एकल अधिकार भएको तर वन ऐन, २०७६ काे दफा ६२ काे २ मा एक वर्षभन्दा बढी सजाय हुने मुद्दाको अनुसन्धान अधिकारी नेपाल सरकारले तोक्ने प्रावधानले गर्दा वन सम्बन्धी मुद्दा अनुसन्धान र अभियोजन गर्न कठिन भएको),• संविधानको अनुसूची ६ बमोजिमको प्रदेशको एकल अधिकार रहेको प्रदेशस्तरको सिँचाइ प्रणाली र अनुसूची ९ अन्तर्गत रहेको साझा अधिकारको सूचीमा पर्ने जल उपयोगको सम्बन्धमा सङ्घीय सरकारले एक्लै निर्णय गर्न सक्ने गरी मस्यौदा बिधेयक तयार भएकोले उक्त मस्यौदा परिमार्जन हुनुपर्ने,• गण्डकी प्रदेशले प्रदेश प्रहरी ऐन जारी गरिसकेको अवस्थामा समेत प्रहरी समायोजन गर्नेतर्फ कारबाही भएकोले छिटै प्रहरी प्रदेशमा समायोजन हुनुपर्ने,• प्रदेशले कार्यान्वयन गर्ने आयोजनाहरू कार्यान्वयन गर्न सङ्घीय कार्यालयहरू खोल्ने क्रम बढ्दै गएको (सडक, सिँचाइ, खानेपानी, शहरी विकास)। नयां सङ्घीय कार्यालयहरू खोल्दै जादा प्रदेशको कार्यक्षेत्र संकुचन हुदै गएको। विकास निर्माणका काम प्रदेशलाई हस्तान्तरण गरी नेपाल सरकार नीति निर्माण र ठुला राष्ट्रिय गौरवका आयोजना निर्माणमा मात्र सिमित गर्न उपयुक्त हुने।

२. आयोजना/कार्यक्रम व्यवस्थापन• आयोजनाको वर्गीकरणको मापदण्ड तयार गरी सङ्घ, प्रदेश र स्थानीय तहले कुन स्केलको आयोजना कार्यान्वयन गर्ने हो स्पष्ट नहुनु,• संघ, प्रदेश र स्थानीय तहका योजना हेनर्ने निकाए बीच समन्वय र सहकार्य गर्ने संयन्त्र नहुनु,• सङ्घबाट हस्तान्तरण भएका बहुवर्षीय योजनाको ठेक्का सम्झौता बमोजिम स्रोत सुनिश्‍चित गरी समयमै बयोजना सम्पन्न गर्न बजेट विनियोजन नहुनु,• नेपाल सरकारले प्रदेश र स्थानीय स्तरमा सञ्चालन गर्ने सानातिना आयोजनामा पनि सङ्घबाटै कार्यान्वयन गर्ने प्रवृत्ति बढ्दै जानु।

३. प्रदेशका लागि जग्गाको भोगाधिकार प्राप्ति• वार्षिक कार्यक्रममा परेका आयोजनाको लागि भौतिक संरचना निर्माण गर्न जग्गा प्राप्ती नहुनु र प्राप्त गर्ने प्रक्रिया झन्झटिलो भएको, • प्रदेश सरकारका मन्त्रालय र कार्यालयहरूका लागि भवन बनाउन जग्गाको अभाव,• साविक विषयगत कार्यालयहरूको भवन तथा जग्गा सङ्घीय कार्यालय/सुरक्षा निकायले प्रयोग गरिरहेकोले प्रदेश सरकारका जिल्लास्थित कार्यालयहरू सञ्‍चालन गर्न नसकिएको (कृषि ज्ञान केन्द्र, बागलुङको भवन तथा जग्गा बागलुङ नगरपालिकाले प्रयोग गरेको, कृषि ज्ञान केन्द्र, मनाङको भवन तथा जग्गा सशस्त्र प्रहरी बलले प्रयोग गरेको, कृषि ज्ञान केन्द्र, मुस्ताङको भवन तथा जग्गा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम (स्याउ जोन) ले प्रयोग गरेको)।

४. सङ्गठन र कर्मचारी व्यवस्थापन• सङ्घीय निजामती सेवा सम्बन्धी ऐन जारी नहुँदा प्रदेश निजामती सेवा ऐन निर्माण गरी प्रदेश तथा स्थानीय तहको जनशक्ति आपूर्ति गर्न नसकिनु,• प्रदेश र स्थानीय तहमा जनशक्तिको कमी हुनु (प्रदेश सरकार मातहत कर्मचारी दरबन्दी सङ्ख्या-२८४१, पदपूर्ति-२०२२ र रिक्त-७१९ रहेको),• गण्डकी प्रदेशमा रहेका संघीय सरकारका साविकका सबै भु-संरक्षण तथा जलाधार कार्यालयहरु प्रदेश सरकारलाई हस्तान्तरण नभएका ।

५. यातायात क्षेत्रको व्यवस्थापन• यातायात व्यवस्था अन्तर्गत सवारी दर्ता प्रणाली र चालक अनुमतिपत्रको सर्भर सिस्टम सञ्चालनमा प्रदेश मन्त्रालयको पर्याप्त पहुँच नभएकोले नियमित सर्भर नचल्दा सेवा प्रवाहमा कठिनाइ भएको,• यातायात कार्यालयको भीआरएस/डीएलआरएस सफ्टवेयर प्रदेशलाई हस्तान्तरण हुनुपर्ने तथा स्मार्ट लाइसेन्स छपाइको काम प्रदेशबाटै गर्ने व्यवस्था गर्ने ।

६. अन्य विषयहरू• हिमाली जिल्लामा आर्थिक वर्षको अलग्गै व्यवस्था हुनुपर्ने,• वैज्ञानिक वन व्यवस्थापन उच्चस्तरीय छानविन समितिको सुझाव कार्यान्वयन गर्दा वैज्ञानिक वन व्यवस्थापन, काठ दाउराको विक्री वितरण र राजश्व संकलनमा सहजता हुनुपर्ने, • ढुङ्गा, गिट्टी, बालुवाको बिक्रीबाट प्राप्त राजस्व प्रदेश र स्थानीय तहबीच ४० र ६० प्रतिशतका दरले बाँडफाट गर्ने व्यवस्था भएको तर नियमनमा प्रदेश सरकारको भूमिका नहुनु।