
काठमाडौं, ४ माघ । डिम्याट खाता खोल्ने २५ लाख भन्दा धेरै पुगेका छन् । शेयर बजारका लगानीकर्ताहरुको सम्पूर्ण लेखाजोखा राख्ने सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अहिलेसम्म डिम्याट खाता २५ लाख ३ सय ४५ पुगेका छन् ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो परिमाणको आईपीओ निष्काशन शुरु गरेको छ । यो आईपीओको आकर्षणले गर्दा पनि धेरै डिम्याट खाताहरु खुलेका हुन् ।
सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पुर्णप्रसाद आचार्य अहिले सेयर बजारमा जागरण आएको बताउछन् । सफल आवाजसँगको कुराकानीमा उनले इन्फ्रास्ट्रक्चरको आईपीओले बजारमा नयाँ रेकर्ड कायम गर्ने बताए ।
पछिल्लो सयम आईपीओ आवेदन दिनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको उनले बताए । यस अघि चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गरेको थिए । चन्द्रागिरीको आईपीओमा १३ लाख हाराहारीले आवेदन दिएका थिए ।
इन्फ्रास्ट्रक्चरको आईपीओमा भने अझै बढ्ने उनले बताए । ‘१५ देखि २० लाखसम्मले यसको आईपीओमा आवेदन दिने देखिएको छ’ सफल आवाजसँग उनले भने, ‘अहिले हामीले सिस्टम पनि मजवुद बनाएका छौँ, आवेदन दिन सहज पनि छ ।’






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



