कामना सेवा विकास बैंकले गर्याे लाभाशं घोषणा

-



     सफल आवाज    
     भाद्र २२ गते २०८२ मा प्रकाशित




काठमाडौं, २२ भदौ । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८१।८२ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको १५.७८ प्रतिशत लाभाशं दिने घोषणा गरेको छ । १० प्रतिशत वोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १५.७८९५ प्रतिशत लाभाशं घोषणा गरेको हो ।

उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १९ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात शेयरधनीहरुले प्राप्त गर्नेछन् । यो संगै कामना सेवा विकास बैंक लाभाशं घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । गत वर्ष बैंकले १२ प्रतिशत लाभाशं वितरण गरेको थियो ।

आईतवार दिउसाे बैंकको केन्द्रीय कार्यालयमा वसेको संचालक समितिको बैठकवाट उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले वताएका छन ।