
काठमाडौं, ४ माघ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको अध्यक्ष नियुक्तिका लागि बार्गेनिङ शुरु भएको छ । बीमा समितिको अध्यक्ष पद पुस अन्तिम सातादेखि रिक्त छ । २४ पुसमा कार्यकाल सकिने भएपछि १९ पुसदेखि नै तत्कालिन अध्यक्ष चिरञ्जीवि चापागाईं बिदा बसेका थिए ।
समितको अध्यक्ष नै कार्यकारी भूमिकामा रहने भएका कारण चाडै नियुक्त गर्नुपर्ने भए पनि सरकारले अझै नियुक्त गर्न सकेको छैन । अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्नसक्ने कानूनी व्यवस्था रहेको छ । चार वर्ष अघि तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराको सिफारिसमा अध्यक्ष बनेका चिरञ्जीवि चापागाईंको आगामी कार्यकाल पुरा भइसकेकाे छ ।
२०७३ पुस १४ गतेको मन्त्रिपरिषद्को बैठकले चापागाईंलाई चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको थियो । पुस २४ गते नियुक्तपत्र पाएका चापागाईले २७ गतेबाट जिम्मेवारी समालेका थिए ।
आगामी अध्यक्ष बन्न चपागाईं समेत आकांक्षी थिए ।
तर राजनीतक माहोलका कारण चापागाईंले अबको अध्यक्ष नबन्ने बताइसकेका छन् । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकटका व्यक्ति हुन् । अहिले ओली सत्तामा र प्रचण्ड सडक आन्दोलनमा छन् । यसकारण पनि चापागाईंले अध्यक्षमा दोहोरिन नचाहेका हुन् ।
समितिको अध्यक्ष बन्न डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र पूर्ब अर्थमन्त्री डा. युवराज खतिवडाका ज्वाई रामशरण खरेल पनि आकांक्षी हुन् । सिवाकोटी गभर्नरको दौडबाट बाहिरिएकाले सरकारले समितिको अध्यक्ष बनाउछ भन्ने अपेक्षामा छन् भने खरेल खतिवडाको ज्वाई भएकै कारण अध्यक्ष बन्न बल गरिरहेका छन् ।
यसबोहक बीमा बिज्ञ डा. रबीन्द्र घिमिरे, कृषि विकास बैंकका अध्यक्ष तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला, नेपाल इन्स्योरेन्सका सीइओ बिजयबहादुर शाह, नेप्सेका अध्यक्ष टंक पनेरु, पुनर्बीमा कम्पनीका पूर्वअध्यक्ष महेश गुरागाईं र पूर्वसीइओ रमेश लम्साल लगायतका आकांक्षी रहेको स्रोतले बताएको छ ।
श्रोतका अनुसार अकांक्षीहरुहरु यतिबेला बार्गेनिङ शुरु भएको छ । ‘प्रधानमन्त्री, राष्ट्रपति वा अर्थमन्त्री मध्ये कुनै एकलाई निकै राम्रोसँग रिझाउन सक्ने व्यक्ति नै अबको अध्यक्ष बन्ने हो’ अर्थमन्त्रालय श्रोत भन्छन, अहिले पैसाको बार्गेनिङ समेत शुरु भएको छ । शक्तिकेन्द्रको रोजाईमा पार्नका लागि बार्गेनिङ शुरु भइसकेको स्राेतले बताएकाे छ ।’






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



