सानिमा बैंकद्वारा नगद लाभांश घोषणा

-



     सफल आवाज    
     असाेज ६ गते २०८२ मा प्रकाशित



काठमाडौं, ६ असोज । सानिमा बैंक लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कर सहित हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश गरेको हो।

उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुने बैकले जनाएकाे छ।