नेपाल ल्यूब आयलको लाभांश आजसम्म सुरक्षित गर्न सकिने

-



     सफल आवाज    
     असाेज ९ गते २०८२ मा प्रकाशित



काठमाडौं, ९ असोज । नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएकाे छ।

शेयरधनीहरुले आजसम्म नेप्सेमा शेयर कारोबार गरेर कायम भएकाे हुनुपर्ने छ । यसरी कायम भएका शेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश पाउन याेग्य मानिनेछन्।

नेपाल ल्यूब आयलका अनुसार कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गरिने छ। कम्पनीकाे ३४ औँ साधारण सभा असोज ३१ गते, द प्लाजा, पुल्चोक, ललितपुरमा पूर्वान्ह साढे ११ बजे बाेलाइएकाे छ।

सभामा १.०५२६४ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव तथा २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेऽ साे रकमको सदुपयोग गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गरिने भएकाे छ । साथै सभाले सर्वसाधारण शेयरधनीबाट सञ्चालक चयन गर्ने प्रस्तावहरु अनुमाेदन गर्नेछ ।