
काठमाडौं, १५ भदौ। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विजयादशमीले देश, समाज र नेपालीको व्यक्तिगत जीवनमा शान्ति, प्रगति र समृद्धि ल्याओस् भनी कामना गर्नुभएको छ ।
विजया दशमी २०८२ का अवसरमा शुभकामना दिँदै उहाँले सामाजिक सद्भाव कायम राख्दै भड्किलो प्रतिस्पर्धाले नभई आआफ्नो गच्छेअनुसार दसैँ मनाउन आग्रह गर्नुभएको छ ।
विजयादशमी नेपालीको एउटा राष्ट्रिय चाँडको रूपमा मनाइँदै आइएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले दसैँ राग र द्वेषलाई बिर्सेर आपसी प्रेम सद्भाव र भ्रातृत्व बढाउने पर्वका रूपमा रहेको बताउनुभएको छ । “दसैँ एक आपसमा शुभकामना आदानप्रदान गर्दै एकअर्काप्रति प्रेम र सद्भाव प्रकट गर्ने अवसर पनि हो । वर्तमानमा रमाउने र खुसी प्रकट गर्ने उत्सव पनि हो”, शुभकामना सन्देशमा भनिएको छ ।
हालै ‘जेनजी’ प्रदर्शनका क्रममा भएको जनधनको क्षतिले सिङ्गो मुलुक स्तब्ध भएको जनाउँदै पूर्वअध्यक्ष रेग्मीले नवीन आशा र विश्वासका साथ सहज वातावरण बनाएर मुलुकलाई सही गन्तव्यतर्फ लैजानु आजको आवश्यकता भएको बताउनुभयो ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




