आन्तरिक उडान सबै रद्द, अन्तरराष्ट्रियतर्फका यथावत्

-



     सफल आवाज    
     असाेज १८ गते २०८२ मा प्रकाशित



काठमाडौं, १८ असोज । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फका सबै उडान रद्द भएका छन् ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका सबै उडान रद्द गरिएका हुन् । अन्तरराष्ट्रियतर्फका उडान भने यथावत् सञ्चालन भएका छन् ।