नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा माग भन्दा झण्डै दोब्बर आवेदन

-



     सफल आवाज    
     माघ ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ माघ । माघ २ गते शुक्रवारदेखि खुला गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरको लागि माग भन्दा बढी आवेदन परेका छन् । सोमबारसम्म माग गरेको भन्दा बढी ६ करोड ६१ लाख १ हजार १७० कित्ताका लागि आवेदन परेका हुन ।

कम्पनीको शेयरमा सोमबारसम्म ११ लाख ८० हजार ११० जनाको १४ करोड १९ लाख ५२ हजार १७० कित्ताका लागि शेयरमा आवेदन परेको हो । शेयर खरिद गर्नका लागि ढिलोमा पुस ६ गते सम्म आवेदन पेश गर्ने समय रहेको छ ।

बैंकको जारी पूँजी २० अर्बले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर रुपैयाँ १०० का दरले ८ करोड कित्ता शेयरबाट १ लाख ६० हजार कित्ता शेयर कर्मचारीको लागि, ४० लाख कित्ता शेयर सामुहिक लगानी कोषको लागि र बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणको लागि छुट्याइएको छ ।

शेयर लगानीकर्ताहरुले पुस ६ गते आजसम्म आवेदन दिन सक्ने भएका छन् । ढीलोमा पुस १६ गतेसम्म आवेदन दिने सक्ने भएका छन । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।