
काठमाडौं, ३० असाेज । ग्लोबल आइएमई बैंकले लाभांश अनुमाेदन गर्नका लागि साधारण सभा डाकेकाे छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशतका दरले नगद लाभांश वितरणकाे प्रस्ताव पारित गर्ने भएकाे हाे ।
बैंकका अनुसार १९ औँ साधारण सभा कात्तिक २६ गते, बुधबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजे बाेलाइएकाे छ।
सभाबाट ८ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ। यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नका लागि जिम्मेवारी सञ्चालक समितिलाई , लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पारित गरिनेछ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनकाे लागि कात्तिक १६ गते बुकक्लोज गर्ने बताएकाे छ। लाभांश पाउन र सभा भाग लिनका लागि शेयरधनीहरुले कात्तिक १३ गतेसम्म नेप्सेमा शेयर काराेबार गरेर कायम भएकाे हुनुपर्नेछ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




