
काठमाडौं, ६ माघ । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ भन्दा धेरै पुनरकर्जा स्वीकृत गरेको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनासम्म सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा २४ अर्ब ११ करोड रुपैयाँ लगानीमा रहेको छ ।
प्रवक्ता भट्टका अनुसार “पुनरकर्जा कार्यविधि, २०७७” को व्यवस्था बमोजिम यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ठ रुपमा प्रदान गर्ने पुनरकर्जा २०७७ मंसिर मसान्तसम्ममा ४०,९८३ ऋणीलाई रु. ५० अर्ब ७ करोड स्वीकृत गरिएको छ ।
त्यसैगरी, ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जा १५१ व्यावसायिक फर्महरुलाई रु. २० अर्ब ७१ करोड स्वीकृत भएको उनले जानकारी दिए । २०७७ मंसिर मसान्तसम्ममा ५२ हजार ४८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.८६ अर्ब ३० करोड कर्जा बक्यौता रहेको छ ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३० हजार ८०७ ऋणीलाई प्रवाह भएको रु.६८ अर्ब ६९ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २१ हजार २४१ ऋणीको रु.१७ अर्ब ६१ करोड कर्जा बक्यौता रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



