
काठमाडौं, ६ माघ । आज सूनको मूल्य रुपैयाँ ४०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रुपैयाँ ९२ हजारमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६०० मा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० मा कारोबार भएको थियो । तेजाबी सुनमा पनि आज रूपैयाँ ४०० ले नै वृद्धि भएकाे छ ।
यस्तै चाँदीको मूल्य आज १ हजार २४५ मा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २३० मा कारोबार भएको थियो । आज चाँदीको मूल्य रुपैयाँ १५ ले वृद्धि भएको महासंघले जनाएको छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



