२ वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     कार्तिक १६ गते २०८२ मा प्रकाशित



काठमाडौं, १६ कात्तिक । दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ ।

दुबै बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १७ गते साेमबार बुकक्लोज गर्ने भएका छन्। शेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश पाउन याेग्य हुनका लागि आजसम्म नेप्सेमा शेयर काराेबाबार गरी कायम भएकाे हुनुपर्नेछ ।

सिद्धार्थ बैंकले चौबीसौँ वार्षिक साधारण सभा यही कात्तिक ३० गते आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान १० बजे बाेलाएकाे छ । सभाले ५.५३ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नेछ।

साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई, सञ्चालककाे नियुक्ति र अधिक खर्चकाे अनुमोदन, लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिनेछ ।

सिटिजन्स बैंकले ५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांशसहित ५ .२६ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नेछ।