गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     कार्तिक १७ गते २०८२ मा प्रकाशित



काठमाडौं, १७ कात्तिक । गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने साेमबार अन्तिम दिन बाँकी रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १८ गते बुकक्लोज गर्ने भएकाे छ ।

धारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न शेयरधनीहरुले आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ ।

बैंककाे उन्नाइसौँ वार्षिक साधारण सभा कात्तिक २७ गते, बिहीबार, होटल पोखरा ग्राण्ड, बिरौटामा बिहान ११ बजे काेलाइएकाे छ। सभामा ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ४.५३ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ ।

यस्तै रजिष्टर्ड कार्यालय स्थानान्तरण, छाप तथा लोगो परिवर्तन, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनको कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त र पारीश्रमिक ताेक्ने लगायका प्रस्तावहरु पारित गरिनेछ ।