गरिमा विकास बैंकको शेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     कार्तिक १८ गते २०८२ मा प्रकाशित



काठमाडौं, १८ कात्तिक । गरिमा विकास बैंकाे शेयरमूल्य नेप्सेमा समायाेजन गरिएकाे छ । साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बैंकले बुकक्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरेकाे जनाएकाे छ ।

नेप्सेका अनुसार ले बैंककाे ६ प्रतिशत बोनस शेयर समायोजन गरिएकाे छ । मूल्य समायोजनपछि बैंकको शेयरमूल्य ३९३ रुपैयाँ ४० पैसा कायम गरिएकाे छ।

नयाँ कायम गरिएकाे मूल्य अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरिएकाे हो। साेमबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ४१७ रुपैयाँमा कारोबार भएको थियो। समायाेजन गरिएकाे नयाँ मूल्यकाे आधारमा आज शेयर कारोबार खुल्नेछ।

बैंककाे उन्नाइसौँ साधारण सभा कात्तिक २७ गते होटल पोखरा ग्राण्ड, बिरौटामा डाकिएकाे छ । साे सभा बिहान ११ बजे डाकिएकाे छ ।

सभामा ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४.५३ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ । साथै रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, छाप तथा लोगो परिवर्तन, अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनको कार्य गर्नका लागगि साे जिमम्मेवारी सञ्चालक समितिलाई दिने लगायतका प्रस्तावहरु पारित अनुमाेदन गरिने भएकाे छ ।