
काठमाडौं, २१ कात्तिक । ग्लोबल आइएमई बैंककाे नाफा र प्रतिशेयर आम्दानी दुबै बढेकाे छ । बैंकले सार्वजनिक गरेकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले साे नाफा कमाएकाे हाे ।
बैंकले चालु आर्थिक वर्षको शुरुकाे ३ महिनासम्ममा १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेकाे छ। जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा २२.९२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्ष बैंकले १ अर्ब ५१ करोड २१ रुपैयाँ खुद नाफा गरेकाे थियो।
बैंकको खुद ब्याज आम्दानी ०.३४ प्रतिशतले बढेकाे छ । खुद फि तथा कमिशन आम्दानी २.६२ प्रतिशतले बढेको छ। कुल सञ्चालन आम्दानी ५.३६ प्रतिशतले बढेको छ । सञ्चालन मुनाफा १०.४४ प्रतिशतले बढेको छ। बैंकको वितरणयोग्य मुनाफा बढेर ४ अर्ब ८४ करोड ९५ लाख पुगेको छ। प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९५ पैसाले बढेकाे छ।
बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७७ पैसा बढेर १९ रुपैयाँ ५१ पैसा कायम भएकाे छ। प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५० पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे १२.१० गुणा छ।
बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड रहेकाे छ । जगेडा कोषमा ३० अर्ब ३० करोड रहेकाे छ । बैंकले असोजसम्ममा ५ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकाे छ । ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




