सूर्योदय वोमी लघुवित्तको खुद नाफा बढ्याे

-



     सफल आवाज    
     कार्तिक २६ गते २०८२ मा प्रकाशित



काठमाडौं, २६ कात्तिक । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले नाफा कमाउन सफल भएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार ६ कराेड २४ लाख खुद नाफा कमाएकाे हाे । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सम्ममा संस्था नोक्सानीमा थियाे ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा संस्थाले ६ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको हाे जाे गत आर्थिक वर्षको सोही अवधिकाे भन्दा बढी हाे । साे अवधिमा लघुवित्त ४ करोड ७१ लाख रुपैयाँ नोक्सानीमा रहेकाे थियो।

खुद ब्याज आम्दानी १३८.३७ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी १०७.४४ प्रतिशतले बढेको छ । सञ्चालन मुनाफा ८ करोड ९२ लाख रुपैयाँ धनात्मक भएको छ। गत वर्षकाे साेहि अवधिमा याे ४ करोड ७१ लाख रुपैयाँ ऋणात्मक थियाे ।

प्रतिशेयर आम्दानी बढेर २२ रुपैयाँ ५८ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे २८.९६ गुणा रहेकाे छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ९२ पैसा रहेको छ। संस्थाकाे वितरणयोग्य मुनाफा ४ करोड ८४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपेयाँ ५० पैसा छ।

संस्थाकाे चुक्ता पूँजी १ अर्ब १० करोड ६२ लाख रुपैयाँ रहेकाे छ । जगेडा कोषमा ५६ करोड ३२ लाख रुपैयाँ रहेकाे छ भने सोज मसान्तसम्ममा १० अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरेकाे छ । रुपैयाँ ११ अर्ब ९९ करोड कर्जामा लगानी गरेको छ।