
काठमाडौं, ७ माघ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक १५.८७ अंकले बढेको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स तथा निर्जिवन बिमा कम्पनीहरुको सेयर मूल्य बढ्दा नेप्से परिसूचक उकालो लागेको हो ।
नेप्से परिसूचक १५ दशमलव ८७ अंकले उकालो लागेर २ हजार ३ सय ४२ दशमलव ७६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१८ अंकले उकालो लागेको छ । बुधबार नेप्सेमा सूचिकृत २११ कम्पनीको सेयर खरिदबिक्री भएका छन् ।
दिनभर भएका ५३ हजार ३१४ कारोबारबाट १ करोड ५९ लाख ८१ हजार ९५२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ पुगेको छ ।
बुधबार कारोबार भएका २११ मध्ये १५ कम्पनीहरुको अत्यधीक कारोबार भएको छ ।
यी कम्पनीहरुको सेयर मूल्य सर्किट ब्रेक नजिकसम्म पुगेका थिए । १० प्रतिशत मूल्य घटबढ भएमा सर्किट ब्रेक लागेर कारोबार बन्द हुने व्यवस्था थियाे । यी कम्पनीहरुको सेयरमूल्य पनि ९ प्रतिशत भन्दा माथि पुगेर रोकिएका छन् ।
सबैभन्दा धेरै बढ्नेमा बेस्ट फाइनान्स पहिलाे नम्बरमा देखिएको छ । जसको सेयर मूल्य ९.९४ प्रतिशतले उकालो लागेको छ । दोस्रोमा कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९३ प्रतिशत र तेस्रोमा ग्रीन डेपलपमेन्ट बैंकको सेयर मूल्य ९.८८ अंकले उकालो लागेको छ । सप्तकोशी डेपलमेन्ट बैंकको सेयर मूल्य पनि ९.८८ प्रतिशतले नै वृद्धि भएको छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



