
तिलोत्तमा, ८ माघ । तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ।
नगरपालिकाले सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान उपलब्ध गराएको हो।
उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले रु ४५ लाख ९८ हजार ८०० प्राप्त गरेका छन् ।
अनुदानलाई साना किसानसम्म पुर्याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए। सहकारीले उपलब्ध गराएको आव २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २० दुग्ध उत्पादक सहकारीमा आबद्ध तीन हजार २५५ किसानले अनुदान रकम प्राप्त गरेका छन् ।
नगरपालिकाले अघिल्लो आवमा पनि यहीँ नीतिअनुरुप झण्डै ३७ लाख किसानलाई अनुदान उपलब्ध गराएको थियो । उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकाले नगरपालिकाले उत्पादनका आधारमा अनुदान रकम दिने नीति लिएको छ ।
यस वर्ष सबैभन्दा बढी अनुदान रकम वडा १४ स्थित गौतमबुद्ध दूध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । केन्द्रले नौ लाख २६ हजार ८५२ प्राप्त गरेको हाे ।
गत वर्षको तुलनामा यस वर्ष दुग्ध उत्पादन बढ्दा किसानले झण्डै आठ लाख बढी अनुदान रकम प्राप्त गरेका छन् ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



