सांग्रिला बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर २२ गते २०८२ मा प्रकाशित



काठमाडौं, २२ मंसिर । सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने साेमबार अन्तिम दिन बाँकी रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंगलबार मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुकक्लोज गर्ने भएकाे छ ।

शेयरधनीहरुले यसका लागि आजसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउन याेग्य हुनेछन्।

बैंकले पुस ७ गते एक्काइसौँ वार्षिक साधारण सभा डाकेकाे छ । साे सभा अमृतभोग क्याटर्स, कालिकास्थान, काठमाडौँमा बिहान साढे १० बजे बाेलाइएकाे छ।

सभाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५.३५८३ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्तावलाई अनुमाेदन गरिनेछ ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासँग मर्जर, एक्विजिशनकाे कार्य गर्ने जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ । साथै लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ।