
काठमाडौं, १७ पुस । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेकाे हाे ।
कम्पनीका अनुसार २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशनकाे अनुमति मागिएकाे थियो। यसबाट १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएकोबाट ६ लाख कित्ता प्रत्यक्ष प्रभावित क्षेत्र लमजुङ्गको क्व्होलासोथर गाउँपालिका वडा नं. ४ का बासिन्दाहरुका लागि रहेकाे छ । बाँकी रहने ४० प्रतिशत सोही गाउँपालिकाको वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ का बासिन्दाहरुका रहेकाे छ।
सर्वसाधारणका लागि छुट्याइएको १ करोड रुपैयाँ बराबरको १ लाख कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिने भएकाे छ।
लगानीकर्ताले घटीमा १० र बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानियले पुस १७ गतेसम्म आवेदन दिन पाउनेछन भने ढिलाेमा माघ २ गतेसम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेकाहरुले छिटाेमा पुस ७ गते र ढिलोमा पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन्। शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




