
भक्तपुर, २७ मंसिर । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सि ले नेकपा एमाले राष्ट्र, राष्ट्रियता र स्वाधिनताका पक्षमा उभिएकै कारण बढी हमला भईरहेको बताएका छन् ।
विविध कमजोरीका बावजुद राष्ट्रिय स्वाधिनता र राष्ट्रियताका पक्षमा उभिएको एमालेलाई अडिग भएर अगाडि बढ्न शुभकामना व्यक्त गर]। हामी पनि साथमा छौं, हामीलाई कुनैपनि प्रकारको साम्राज्यवादी हैकम स्वीकार्य छैन ।
चन्दले कोहि कसैको गिद्धेनजर नेपालमाथि लागेको हामीलाई स्वीकार्य छैन । उनले भने, अहिले बनेको अनौठो प्रकारको अध्याँरो कुनाबाट बनेको सरकारलाई समर्थन नभएको बताए ।
अहिले सम्मको परिवर्तनमा दलहरुको योगदान रहेको छ । यसलाई सबैले मान्न तयार हुनुपर्छ । तर अब नयाँ, पुराना, देश र विदेशमा रहेका सबै एकाकार हुनुपर्छ । सच्चिनु पर्ने ठाउँमा सच्चिएर जानुपर्छ । यो देश हाम्रो हो कसैको अधिनमा जान्नौ । चन्दले भने, अब हामी कम्युनिष्टहरु सबै एउटै घटक भएर जानुपर्छ ।
एमालेको शनिबार भक्तपुरमा आयोजना गरिएको ११ औं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै देशलाई जटिल परिस्थितिमा लैजाने, नवउपनिवेशवाद लाद्ने, जिम्मेवार दलहरुलाई उपक्षा गर्नेहरुको विरुद्ध एक हुनुको विकल्प नभएको बताए ।
विषम परिस्थितिमा नेकपा एमालेले आँट, भरोसा र विश्वासका साथ महाधिवेशन गरेको र आगामी नेतृत्व सक्षम, सबल बनाउँदै देशको उन्नतिको पक्षमा महत्वपूर्ण सन्देश दिने विशवास व्यक्त गरे ।








काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण… 




