लाभांश अनुमाेदन गर्न आइएमई लाइफले बाेलायाे एजिएम

-



     सफल आवाज    
     पौष २ गते २०८२ मा प्रकाशित



काठमाडौं, २ पुस । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश अनुमाेदन गर्नका लागि साधारण सभा बाेलाएकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश अनेमादन गर्नका लागि साधारण सभा डाकेको हाे।

इन्स्योरेन्सकाे नवौँ वार्षिक साधारण सभा पुस २४ गते, दियो महल, धुम्बाराही, काठमाडौँमा बिहान १० बजे बाेलाइएकाे छ।

सभाबाट हाल कायम रहेकाे चुक्ता पूँजीको १०.५२६२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साथै प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्तर पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि पुस ११ गते बुकक्लोज गरिने जनाइएकाे छ। लाभांश पाउन र सभामा सहभागि हुनका लागि शेयरधनीहरले पुस ९ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउन याेग्य हुनेछन्।