
काठमाडौं, ९ माघ । चन्द्रागिरी हिल्सको साधारण शेयरको बाँडफाँड आजदेखि गर्न लागिएको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार नक्सालस्थित कार्यालयबाट बिहान १० बजेदेखि कम्पनीको शेयर बाँडफाँड गर्न लागिएको हो ।
चन्द्रागिरीको शेयरमा २ करोड २८ लाख २० हजार २१० कित्ताका लागि आवेदन परेका थियाे भने १२ लाख ५१ हजार ९३८ जनाले आवदेन दिएका थिए । तिमध्ये १२ लाख ११ हजार ११५ जनाको आवेदन मात्र स्वीकृत गरिएको छ । ४५ हजार ६३१ वटा आवेदन रद्ध भएका छन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ हजार कित्ता शेयर जारी गरेको गरेको थियो । जसमा ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि, ७६ हजार ७०५ म्युचुअल फण्ड तथा १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरेको थियोे ।
चन्द्रगिरीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ । सर्वसाधारणलाई बिक्री गरिएको १३ लाख ९६ हजार २२ कित्तालाई आधाार मान्ने हो भने १ लाख ३९ हजार ६०२ जना आवेदकले न्युनतम १० कित्ता शेयर पाउनेछन । १० लाख ७१ हजार ५१३ जनाले शेयर पाउने छैनन् । कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता शेयर खुला गरेको थियो ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



