
काठमाडौं, ९ माघ । साताको छैंटौं दिन शुक्रबार आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन प्रतितोला २०० रूपैयाँले गिरावट आएको हो । आज चाँदीको मूल्यमा पनि ताेलामा १५ रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ९०० मा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि आज प्रतितोला रुपैयाँ २०० रुपैयाँले गिरावट भएको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २६० रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २७५ रूपैयाँमा कारोबार भएको थियो ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



