
काठमाडाैं, १० माघ । नेपाल उद्योग वाणिज्य महासंघले समग्र धितोपत्र बजारको विकास र विस्तार गर्दै नीति निर्माणमा सहकार्य गर्ने लक्ष्यका साथ पूँजीबजार समिति विस्तार गरेको छ ।
महासंघका कार्यकारिणी सदस्य अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा गठित समितिको उपसभापतिमा रामशरण थपलिया छन् । यस्तै सदस्यहरुमा निर्माण श्रेष्ठ, मेखबहादुर थापा, सन्तोष मैनाली, प्रियराज रेग्मी, विष्णुप्रसाद बस्याल, राजन लम्साल र ज्योति दाहाल रहेका छन्। यस्तै आमन्त्रित सदस्यहरुमा उषा खतिवडा र अनन्तकुमार पौडेल छन् ।
उक्त समितिले पूँजी बजारसँग सरोकार राख्ने सबै निकायहरुबीच सहकार्य र समन्वय गरी बजारको विकास गर्ने लक्ष्य राखेको छ । पूँजीबजारमा वैदेशिक लगानी भित्राउन पूँजी बजारसम्बन्धी ऐनकानूनमा समसामयिक सुधारका लागि सहजीकरण गर्ने, दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई आवश्यक पर्ने भरपर्दाे सूचना आदानप्रदान गर्ने विषयलाई संघले प्रमुख प्राथमकितामा राख्ने भएको छ ।
शुक्रबार बसेको बैठकले महासघंको छवि तथा प्रतिष्ठालाई अझ बढी शशक्त रुपमा अगाडी बढाउन काम गर्ने, पूँजीबजारसँग सरोकार राख्ने सबै निकायहरुबीच सहकार्य र समन्वय गरी बजारको बिकास र विस्तार गर्ने निर्णय गरेको छ ।
यस्तै पुँजीबजारमा वैदेशिक लगानी भित्र्याउन, पुँजीबजार सम्बन्धि ऐन कानुनमा समसामयिक सुधार गर्नको लागि सुझाव दिने, पहिलो र दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई आवश्यक पर्ने भरपर्दो सुचनाहरु प्रदान गर्नको लागि आवश्यक काम गर्ने, मर्चेन्ट बैंकिङ तथा ब्रोकरेज व्यवसायको कार्य र क्षेत्र विस्तारका र संख्या थप गर्नका लागि पहल गर्ने विषयमा छलफल भएको छ ।
यस्तै ओटिसी मार्केटलाई थप व्यवस्थित गर्न पहल गर्ने, शेयर खरिद बिक्री लाभकरमा रहेको अन्यौलको निराकरण गर्न र समयसापेक्ष सुधार गर्नको लागि पहल गर्ने, वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजीबजारमा आकर्षित गरि लगानीको क्षेत्रलाई अझै फराकिलो बनाउन पहल गर्ने, लगानीकर्ताहरुका लागि भरपर्दो र मजबुत ब्यबसायको रुपमा यो क्षेत्रलाई स्थापित गर्न, प्रविधि र पँहुचको हिसाबले बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरि अघि बढ्ने विषयमा छलफल भएको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



