
काठमाडौं, ११ माघ। आजबाट शेयर कारोबार २ दिनमै राफसाफ हुने भएको छ । शेयर लगानीकर्ताहरुको माग अनुसार सीडीएस एण्ड क्लियरिङ लिमिटेडले ‘टी प्लस टू’ अनुसार २ दिनमै राफसाफ हुने व्यवस्था मिलाएको हो ।
सीडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यका अनुसार आजैदेखि यो व्यवस्था लागु हुनेछ । सीडीएस एन्ड क्लियरिङ र ब्रोकर कम्पनीहरुबीच भएको सहमति अनुसार आजबाट टि प्लस टु लागु हुने भएको हो ।
‘टी प्लस टु’ लागू भएपछि शेयर खरीदबिक्री गरेपछिको अर्को २ दिनभित्र अर्थात् टी प्लस टु मा राफसाफ गरिसक्नु पर्नेछ । यो प्रणाली नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ चक्र दुई दिन कायम गर्ने बाटो यसअघि नै खोलिदिइसकेको छ ।
बोर्डले दुई दिनको राफसाफ चक्र कायम हुने गरी शंसोधनका लागि पेश गरेको विनियमावलीलाई स्वीकृति दिएको थियो ।
यसअघि नेपाल स्टक एक्सचेन्ज नेप्से र सीडीएस एन्ड क्लियरिङले संयुक्त रुपमा गरेको अध्ययनले पनि टी प्लस २ मा राफसाफ गर्न सकिने प्रतिवेदन बोर्डमा पु¥याएको थियो । सोही प्रतिवेदनको आधारमा नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



