गरिमाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     माघ ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ माघ । गरिमा विकास बैंकका शेयरधनीहरुका लागि लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।

बैंकले यही माघ ३० गते १४ औं वार्षिक साधारण सभा बोलाएको छ । माघ १२ गतेदेखि माघ ३० गतेसम्म बुक क्लोज हुँदैछ । लाभांश प्राप्त गर्नका लागि शेयरधनीहरु आजसम्म कायम भएको हुनुपर्नेछ ।

बैंकको साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट १३.५० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांशसहित १४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिने भएको छ ।

साधारण सभाबाट प्रस्ताव पारित भएपछि बैंकले ४३ करोड ७२ लाख २३ हजार ७२ रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएको छ । कर प्रयोजनको लागि नगद लाभांश २ करोड ३० लाख ११ हजार ७४० रुपैयाँ वितरण गर्नेछ । बैंकको साधारण सभा माघको ३० गते बिहान १० बजे होटल पोखरा ग्राण्ड, पार्दी विरौटामा बोलाईएको छ ।