
काठमाडौं, ४ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधसभा निर्वाचनमा लड्नका लागि साहले राजनामा दिएका हुन्।
साहले महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा पत्र बुझाएका हुन् । साहले उपप्रमुखसमक्ष राजीनामा पत्र पेश गरिसकेकाे महानगरले जानकारी गराएकाे छ। उनको राजीनामा डंगोलले नेपालको संविधानको धारा २१६ (८) (क) बमोजिम स्विकृत गरेकी छन्।

साहकाे बजारकाे चर्चा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे चुनावी क्षेत्र झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनमा हाेमिने रहेकाे छ । साह रास्वपाका वरिष्ठ नेताका रूपमा रहेका छन् । रास्वपाले उनलाइ प्रधानमन्त्रीकाे रुपमा अघि सारेकाे छ भने झापामा सम्पर्क कार्यालय खाेलिसकेकाे छ।
साह अघि काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले माघ २ गते राजीनामा दिएका थिए । पाण्डे पनि रास्वपाबाट उम्मेदवार बन्ने चर्चा चलिरहेकाे छ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




