एनआरएन इन्फ्रास्ट्रक्चरले साढे ८ लाख कित्ता शेयर बिक्री गर्ने

-



     सफल आवाज    
     माघ १२ गते २०८२ मा प्रकाशित



काठमाडौं, १२ माघ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनर लिमिटेडको शेयर बिक्री गर्ने निर्णय गरेको छ।

हिमालयन पावर पार्टनरको ८ लाख ५६ हजार ९६० कित्ता साधारण शेयर दोस्रो बजारबाट बिक्री गर्न लागिएकाे जनाइएकाे छ ।

कम्पनीका अनुसार माघ ११ गते बसेको ‘सम्पत्ति, दायित्व तथा लगानी सल्लाहकार उपसमिति’को बैठकले साे काे निर्णय लिएकाे हाे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाँलका अनुसार औपचारिक जानकारी सेबाेनकाे सुपरिवेक्षण विभागलाई गराइएकाे छ ।

ऊर्जा क्षेत्रमा लगानी गर्दै आएको एनआरएन इन्फ्रास्ट्रक्चरको यसउ पहललाई लगानी व्यवस्थापन र पोर्टफोलियो परिमार्जनको रूपमा हेरिएको छ।