
काठमाडौं, १२ माघ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको संस्थाको चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरणमा विभिन्न सूचकहरुमा सुधार देखिएको छ ।
संस्थाको चालु वर्षको दोश्रो त्रैमासमा २७.५१ प्रतिशत नाफा कमाएको छ । यो वर्षको दोश्रो त्रैमाासमा संस्थाको नाफा ९ करोड ४ लाख भएको छ । गएको यसै समयमा संस्थाले ७ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यो दोश्रो त्रैमासमा संस्थाले २२ करोड ३९ लाख ३६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको विवरण सार्वजनिक गरेको छ । गएको वर्षमा यही समयमा १८ करोड २२ लाख २९ हजार खुद व्याज आम्दानी गरेको थियो । संस्थाको दोश्रो त्रैमासमा संचालन नाफा २७.८८ प्रतिशतले बढेको छ । बढेको संचालन नाफा १४ करोड २१ लाख १८ हजार रुपैयाँ रहेको छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



