नेप्से दोहोरो अंकले वृद्धि, कारोबार ८ अर्ब ९० करोड बढी

-



     सफल आवाज    
     माघ १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ माघ । साताको दोश्रो दिन सोमबार आज पनि शेयर बजार उकालो नै लागेको छ । सेन्सेटिभ परिसूचक भने आज घटेको छ भने नेप्से दोहोरो अंकले वृद्धि भएको छ ।

आज नेप्से परिसूचक १६.०४ अंकले बढेर २४४०.८७ अंकमा पुगेको छ । नेप्से आज ०.६६ प्रतिशतले बढेको छ भने सेन्सेटिभ परिसूचक ०.२४ अंकले घटेर ४५१.८२ अंकमा झरेको छ ।

आज २०८ कम्पनीको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १२ उपसमूहको कारोबार भएकोमा ५ वटामा मात्रै हरियाली देखियो भने बाँकी ७ वटामा रातो लागेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी ६० करोड ३७ लाख ४० हजार ७१९ रुपैयाँ बराबरको कारोबार भएको छ ।