
काठमाडौं १३ माघ । बजारमा ५ अर्ब ४५ करोड २८ लाख ५ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) आउने भएको छ । १६ कम्पनीले ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । यीमध्ये मध्यभोटेकाशी जलबिद्युत कम्पनीले सबैभन्दा धेरै १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको छ ।
अनलाईन मार्फत आवेदन दिन सकिने र दोस्रो बजारमा पनि सहज पहुँच हुने भएकाले पछिल्लो समय लगानीकर्ताहरु आईपीओप्रति आकर्षित भइरहेका छन् । पछिल्लो समय शेयर बजारमा धमाधम नयाँ कम्पनीहरु प्रवेश गर्न थालेका छन् । नयाँ कम्पनीको प्रवेशसँगै लगानीकर्ताहरुमा उत्साह पनि थपिएको छ ।
बजारमा नयाँ लगानीकर्ताको आकर्षणले डिम्याट खाता खोल्नेहरुको संख्या नै २६ लाखको हाराहारीमा पुगिसकेको छ । केही समययता शेयर बजारमा धमाधम नयाँ कम्पनीको प्रवेश भइरहेको छ । गत माघ २ गतेबाट खुलेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा हालसम्म कै धेरै आवेदन परेको थियो । यस बैंकको आईपीओमा १५ लाख २९ हजारभन्दा धेरैले आवेदन दिएका थिए ।
शेयर बजारमा लगानीकर्ताको आक्रषण बढ्नुको अर्को कारण शेयर कारोबारमा स्टक डिलर कम्पनीको प्रवेशको तयारी पनि हो । शेयर कारोबारमा सहजता होस भन्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले केही दिन अघी मात्र नागारिक लगानी कोषको सहायक कम्पनी नागारिक स्टक डिलर कम्पनीलाई स्वीकृति दिएको थियो ।
अहिले शेयर बजार निरन्तर उकालो यात्रामा छ । नेप्से परिसुचकले दैनिक नयाँ इतिहास बनाउँदै गएको छ ।
यी हुन आईपीओ जारी गर्न आबेदन दिने कम्पनीहरु:
ज्योती लाइफ इन्स्योरेन्स कम्पनीः ज्योती लाइफले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर सर्बसाधारणको लागि निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डले अनुमति दिएपछि कम्पनीको आइपीओ निष्काशन प्रक्रिया अगाडी बढ्नेछ ।
साहस उर्जा कम्पनीः यस कम्पनीले एक अर्ब पाँच करोड रुपैयाँ बराबरको एक करोड ५० लाख कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ ।
न्यादी हाइड्रोपावर कम्पनीः यस कम्पनीले ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न बोर्डमा आबेदन दिएको छ ।
सीईडीबी हाइड्राे पावर कम्पनीः यस कम्पनीले २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले एक सय रुपैयाँको दरले २५ करोड १८ लाख २३ हजार रुपैया बराबरको आइपीओ निष्काशन गर्न लागेको हो ।
सामलिङ पावर कम्पनीः यो कम्पनीले पनि ५ करोड रुपैया बराबरको आइपीओ ल्याउनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले रु. १०० का दरले ५ लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको जनाएको छ ।
इमेर्जीङ नेपाल कम्पनीः यस कम्पनीले पाँच करोड रुपैया बराबरको ५ लाख कित्ता आइपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
शुभम पावर कम्पनीः यस कम्पनीले सर्बसाधारणको लागि पाँच लाख ८० हजार पाँच सय ८० कित्ता आइपीओ ल्याउनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले गत जेठ २० गते देखि असार ३ गतेसम्म आयोजना प्रभावित स्थानियको लागि दुई लाख कित्ता शेयर निष्काशन गरेको थियो ।
तेह्रथुम हाइड्रो पावर कम्पनीः यो कम्पनीले १२ करोड रुपैया बराबरको १२ लाख कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीको आइपीओ निष्काशन प्रक्रिया बोर्डले आवेदन स्वीकृत गरेपछि अगाडी बढ्ने छ ।
हिमालयन हाइड्रो पावर कम्पनीः हिमालयन कम्पनीले पनि २२ करोड ५० लाख रुपियाँ बराबरको आइपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको बताएको छ ।
महिला लघुवित्त वित्तीय संस्थाः यस कम्पनीले चार करोड रुपैया बराबरको चार लाख कित्ता शेयर निष्काशन गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
डिस मिडिया प्रालीः यस कम्पनीले २३ करोड ८५ लाख २९ हजार रुपैया बराबरको आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले रु एक सयको दरले २३ लाख ८५ हजार ९२९ कित्ता आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
सीबीआईएल क्यापिटल लिमिटेडः क्यापिटलले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । बोर्डले स्वीकृत गरे पछि कम्पनीको आइपीओ निष्काशन प्रक्रिया अगाडी बढ्ने छ ।
मध्यभोटेकाशी जलबिद्युत कम्पनीः यो कम्पनीले १ अर्ब ५० करोड रुपैया बराबरको १ करोड ५० कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको छ ।
बिन्ध्यबासिनी हाइड्रो पावर कम्पनीः यो कम्पनीले पनि २५ करोड रुपैया बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
रुरु जलबिद्युत कम्पनीः यस कम्पनीले पनि आठ करोड ९६ लाख ९५ हजार २२० रुपैया बराबरको आठ लाख १५ हजार ४११ कित्ता आइपीओ निष्काश गर्न बोर्डमा आवेदन दिएको छ ।
सिंगटी हाइड्रो पावर कम्पनीः सिंगटी हाइड्रो पावर कम्पनीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डले स्वीकृति दिएपछि कम्पनीको आइपीओ निष्काशन प्रक्रिया अगाडी बढ्नेछ ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



