डाभोसमा राष्ट्राध्यक्ष सीको सम्बोधनबाट विकास मार्ग निर्देशन

-



     सफल आवाज    
     माघ १४ गते २०७७ मा प्रकाशित



पेचिङ, १४ माघ । विश्व आर्थिक मञ्च डाभोस एजेन्डा वार्तामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दिएको सम्बोधनमा धेरै पटक बहुपक्षबादबारे उल्लेख गरेका छन् । यसलाई नयाँ युगमा देखिएका समस्याहरूको चिनियाँ समाधान मानिएको छ। उक्त विचार चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लिच्यानले आयोजित नियमित पत्रकार सम्मेलनमा बताएका हुन ।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले औंल्याएका छन्, विश्वको आर्थिक बृद्धिको प्रवर्द्धन, विचारधाराको पूर्वाग्रह त्याग, दक्षिण-उतर भागको विकास बीचको अन्तर न्युनीकरण तथा विश्वव्यापी चुनौतीको सामना नै वर्तमान युगका ४ वटा मुख्य विषय रहेको र त्यसका लागि चीनले बहुपक्षबादको कार्यान्वयन सम्बन्धी ५ वटा कदम चाल्नेछ।

राष्ट्राध्यक्ष सीको सम्बोधनबारे चर्चा गर्दै प्रवक्ता चाउले भने, वर्तमान विश्व बिगत एक सय वर्षमा देखा नपरेको ठूलो परिवर्तनमा रहँदै छ। महामारी विश्वव्यापी फैलिएकाले विश्वको अर्थतन्त्र गहन रूपमा मन्दीमा परेको छ। मानवजातिले फेरि एक पटक चौबाटोमै उभिइरहेको छ। यस्तो पृष्ठभूमिमा राष्ट्राध्यक्ष सीको सम्बोधनबाट नयाँ युगमा भेटिने समस्याहरूको चिनियाँ समाधान प्रस्तुत गरिएको छ । जुन वर्तमान अलमल विश्वको लागि विकासको दिशा तथा बाटो हो। विश्वका विभिन्न शक्ति ऐक्यबद्धता भएर मानवजातिको संयुक्त भाग्य समुदायतिर अघि बढ्ने विश्वास पनि व्यक्त गरिएको छ।