गरिमा विकास बैंकले बढायो मूनाफा, ६ महिनामा कमायो ३९ करोड ३५ लाख

-



     सफल आवाज    
     माघ १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ माघ । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३९ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकले बुधबार सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २०.९० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा ३२ करोड ५५ लाख रुपैयाँ रहेको थियो।

बैंकको वितरण योग्य मुनाफा २५ करोड २३ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकले सञ्चालन मुनाफाबापत ५६ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा ४६ करोड ५० रुपैयाँ रहेको थियो ।

वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी २४.३१ रुपैयाँ, पीई रेसियो १३.६५ गुणा र प्रतिसेयर नेटवर्थ १४.०७ रुपैयाँ रहेको छ। हेर्नुहोस अन्य सूचकहरुः