एनएमबि लघुवित्तले ६ महिनामा कमायो ७ करोड ७० लाख, अन्य सूचक कस्ता छन् ?

-



     सफल आवाज    
     माघ १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ माघ । एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा लघुवित्तले ७ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा ४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले समीक्ष अवधिमा ५७ प्रतिशतले बढाएको हो ।

लघुवित्तले निक्षेप र कर्जा लगानी पनि बढाउदै लगेको छ। समीक्ष अवधिमा निक्षेप संकलन १ अर्ब ३१ करोड रुपैयाँबाट बढेर १ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३ अर्ब ४७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
हेर्नुस् अन्य सूचकहरुः