मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त

-



     सफल आवाज    
     वैशाख ४ गते २०८३ मा प्रकाशित



काठमाडौं, ४ बैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् ।

हिजो वैशाख ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले मानन्धरलाई ४ बर्षका लागी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मानन्धरसंग विभिन्न बैंक बित्तिय संस्थामा करिब २५ बर्ष कार्य गरेको अनुभव छ ।

हाल डिस मिडिया नेटवर्कको सीईओको जिम्मेवारीमा रहेका मानन्धर आगामी जेठ १ गतेदेखि मुक्तिनाथ बिकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा बैकिङ क्षेत्रमा सक्रिय रहनेछन् ।