
काठमाडौं, १५ माघ । नेपाल बैंकर्स संघले काठमाडौं उपत्यका बाहिरबाट पनि सुन बिक्रीवितरण गर्न सहमति जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र बैंकर्स संघका पदाधिकारीबीच आज भएको छलफलमा यस्तो सहमति भएको हो ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं उपत्यका बाहिरबाट सुन वितरण नगरिँदा व्यवसायीले दुःख खेप्नु परेको भन्दै यथाशीघ्र तोकिएका स्थानबाट सुन वितरणको व्यवस्था मिलाउन आग्रह गरे । संघका अध्यक्ष भुवनकुमार दाहाललगायत पदाधिकारीले व्यवसायीको मागप्रति आफूहरु सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन तयार रहेको बताए ।
नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यका बाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेश गरिसकेको छ । यद्यपि सो विषय हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । सोही कारण उपत्यका बाहिरका व्यवसायी सुन खरीदका लागि काठमाडौंमा आउनुपर्ने झन्झट कायम छ । छलफलका क्रममा व्यवसायीलाई सुन उपलब्ध गराउँदा बैंकबाट हुने ढिलासुस्ती र अन्य प्राविधिक समस्यालाई सल्टाएर सहजरुपमा विधिसम्मत तरिकाले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सम्बद्ध पक्ष तयार रहेको सङ्घका पदाधिकारीले विश्वास दिलाए ।
राष्ट्र बैंकले तोकेको व्यवस्थाअनुसार बैंकर्ष संघको सिफासिरमा बैंकले विदेशबाट कच्चा सुनको आयात गरी महासंघको सिफारिशमा व्यवसायीलाई सुन उपलब्ध गराउँदै आएको छ । मोफसलका जिल्लाबाट सुन वितरण गर्दा ढुवानी खर्च मात्रै काठमाडौंकोभन्दा बढी लिने, सुनको स्टक राख्ने, बैंकअनुसार नै फरकफरक रहँदै आएको दरभाउमा एकरुपता ल्याउने, सुन खरीद गर्न बैंकहरुले सहज वातावरण बनाउने र सुनको कोटा वृद्धि गरी पर्याप्तमात्रामा आपूर्ति व्यवस्था मिलाउन दुवै पक्षले पहल गर्नेलगायतका विषयमा छलफल भएको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



