महासंघले दियो पूर्व अध्यक्षलाई कामको जिम्मेवारी

-



     सफल आवाज    
     माघ १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घले पूर्वअध्यक्षलाई समेत विभिन्न कामको जिम्मेवारी दिएको छ ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाले पूर्वअध्यक्षलाई जिम्मेवारी दिएका हुन् । जिम्मेवारीसहितको पत्र हस्तान्तरण गर्दै अध्यक्ष गोल्छाले वर्तमान कार्यकारिणी समितिलाई पूर्वअध्यक्षबाट महत्वपूर्ण सल्लाह, सुझाव र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

महासङ्घका अनुसार पूर्वअध्यक्ष भवानी राणालाई सदस्यता समिति र नेपाल–भारत संयुक्त व्यापार संयन्त्रको जिम्मेवारी दिइएको छ । यस्तै महेशलाल प्रधानलाई सल्लाहकार समिति, पद्यम ज्योतिलाई व्यावसायिक आचारसंहिता फोरम, प्रदीपकुमार श्रेष्ठलाई एशिया प्रशान्त क्षेत्रको चेम्बर अफ कमर्सको समन्वय गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।

पूर्वअध्यक्ष रविभक्त श्रेष्ठलाई अनुशासन समिति, विनोदबहादुर श्रेष्ठलाई नेपाल चीन निजी क्षेत्र सहयोग फोरम, कुशकुमार जोशीलाई विधान संशोधन समिति र सुरज वैद्यलाई अन्तरराष्ट्रिय सम्बन्ध फोरमको जिम्मेवारी दिइएको छ । महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारका विशिष्ट सदस्यको भूमिकामा छन् भने अर्का पूर्वअध्यक्ष चण्डीराज ढकाल जिम्मेवारीबाट वञ्चित छन् ।