५९ वटा मोबाइल एप्समाथि भारतीय निषेधबारे चीनको प्रतिक्रिया

-



     सफल आवाज    
     माघ १६ गते २०७७ मा प्रकाशित



पेचिङ, १६ माघ । भारतीय संचारमाध्यमले जनाए अनुसार, भारतीय इलेक्ट्रोनिक तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो सूचना सार्वजनिक गर्दै आउने जुन महिनामा ५९ वटा मोबाइल चिनियाँ एप्समाथि स्थायी निषेध लगाइने भएकाे छ। तीमध्ये टिकटक, पाइतु, वीच्याट रहेका छन्। यस्तो कदमको प्रतिक्रिया जनाउँदै चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले भने, चिनियाँ कम्पनीलाई लक्षित जुनसुकै भेदभावपूर्ण निषेधको चीनले विरोध गर्दछ।

प्रवक्ता काउले भने, चीन-भारत आर्थिक व्यापारिक सहयोगको राम्रो अवस्था दुवै मुलुकका जनताको साझा हितसँग अनुकूल छ। भारतले चीनसँगै एउटै दिशातिर बढ्दै चिनियाँ कम्पनी लगायत विभिन्न मुलुकको बजारमा संलग्न संगठन वा व्यक्तिले भारतमा लगानी गर्नका लागि खुलस्त, निष्पक्ष र भेदभावपूर्ण नभएको व्यापार वातावरण प्रदान गर्ने चीनले आशा व्यक्त गर्छ। आपसी व्यापारिक सहयोग चाँडै नै सामान्य बाटोमा फर्कने अपेक्षा पनि चीनले गरेको सिआरआइले जनाएको छ ।