
काठमाडौं, १६ माघ । वर्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नै लगानीमा देशभर डाटा सेन्टर स्थापना गर्ने घोषणा गरेको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिंकले देशका १४ स्थानहरुमा डाटा सेन्सर बनाउने जनाएको हो ।
वर्डलिंकका सीईओ केशव नेपालले आगामी १० वर्षमा नेपालको इन्टरनेट कतातिर जानेछ भन्ने निर्धारण डाटा सेन्टरले गर्ने बताए ।
१४ डाटासेन्टरमध्ये काठमाडौंको डाटा सेन्टर सबैभन्दा ठूलो र महत्वपूर्ण हुनेछ भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणीकरण सहितको हुनेछ । अन्य जिल्लाका बाँकी डाटा सेन्टरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणीकरण भएको हुनेछ । कम्पनीले प्रदेशको आधारमा डाटा सेन्टरहरु निर्माण गर्नेछ ।
कार्यक्रममा कम्पनीका सिटिओ समित जना थिङ्गले इन्टरनेटको कन्टेन्टमा परिवर्तन भईरहेको भन्दै त्यसको लागिपनि डाटा सेन्टर राख्नुपर्ने बताए । कम्पनीका अनुसार यसको लागि ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको हो । कम्पनीले काठमाडौंसहित भरतपुर, बुटवल, बिरगंज, कोहलपुर, अत्तरिया सुर्खेत, भक्तपुरलगायतका १४ स्थानमा डाटा सेन्टर स्थापना गर्नेछ ।
कार्यक्रममा कम्पनीका अध्यक्ष दिलिप अग्रवालले प्रदेशको डाटा प्रदेशभित्रै राख्नुपर्ने हुँदा पनि प्रदेशअनुसार डाटा सेन्टर ल्याएको जानकारी दिए । उनकाअनुसार सरकारको डिजिटल नेपाल अभियानलाई सहयोग गर्न र सोहि अन्तरगत नै डाटा सेन्टर बनाउन लागेको बताए ।






पोखरा, १० मंसिर । पोखरा उद्योग वाणिज्य संघ तथा गरिमा विकास बैंक लिमिटेडको संयुक्त आयोजनामा…
बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)… 



