काठमाडौं, १८ माघ । निर्यात व्यवसायी महासंघ नेपालले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गरी देशको अर्थतन्त्रलाई उकास्ने प्रतिबद्धता व्यक्त गरेको छ । महासंघको प्रथम वार्षिकोत्सवमा उक्त संस्थाले निर्यातमैत्री वातावरण बनाउन सम्बद्ध पक्षसँग आग्रह गर्दै राष्ट्रिय अर्थतन्त्रको उन्नयनका लागि नीति निर्माणमा विशेष ध्यान दिन सरकारसँग अनुरोध पनि गरेको छ ।
महासंका अध्यक्ष रामबहादुर गुरुङले आगामी तीन वर्षभित्रमा निर्यात व्यापारलाई देशको अर्थतन्त्रको खम्बाको रुपमा स्थापित गर्दै राष्ट्रको आर्थिक–सामाजिक अवस्था सुधार गर्ने रणनीति प्रस्तुत गरे । उनले आर्थिक कूटनीतिको प्रभावकारी सञ्चालनबाट नेपाली उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सकिने बताउँदै सम्बद्ध सरकारी निकायलाई त्यसदिशामा क्रियाशील रहन आग्रह गरे ।
निर्यात व्यवसायमा संलग्न १९ वटा साझा संस्थाको सामूहिक मञ्च महासंघले निर्यात प्रवद्र्धनका निम्ति एकद्वार प्रणाली, वित्तीय सहयोग, रुग्ण उद्योगको संरक्षणलगायत विषयमा सघाउन सरकारसँग माग गरेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



