गोरखा मिलन समाजको अध्यक्षमा कपिल पोखरेल चयन

-



     सफल आवाज    
     माघ १८ गते २०७७ मा प्रकाशित



पोखरा, १८ माघ । गोरखा मिलन समाज पोखराको अध्यक्षमा कपिल पोखरेल निर्वाचित भएका छन् । समाजको २१ औं साधारणसभा तथा ११ औं अधिवेशनबाट पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको हो । अध्यक्षमा निर्वाचित पोखरेल चरक मेमोरियल हस्पिटल पोखराका प्रबन्ध निर्देशक पनि हुन् ।

समिति उपाध्यक्षमा कोपिला श्रेष्ठ, महासचिव अग्रिम श्रेष्ठ, सचिव सन्तबहादुर लामिछाने, कोषाध्यक्ष शीतल श्रेष्ठ र सहकोषाध्यक्षमा गीता खनाल चयन भए ।

सदस्यमा शेरबहादुर राना, धीराज श्रेष्ठ, उमेशचन्द्र देवकोटा, दीपक भण्डारी, पूनम गुरुङ श्रेष्ठ र अनुप पाण्डे चयन भए।

अध्यक्ष कपिल पोखरेल

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कार्यक्रम उद्घाटन गर्दै समाजको गरिमा उचो बनाइराख्न स्वतन्त्र भएर सामाजिक काममा लाग्न आग्रह गरे।

सांसद हरिशरण आचार्यले समाजले गोरखा जिल्लाको प्रवद्र्धन र विकासका लागि पनि काम गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा अन्तरसमाज महासंघ अध्यक्ष मन्जु पौडेल भट्टराई, पूर्व अध्यक्ष शिवलाल धिताल, मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष पदमलाल श्रेष्ठ, सल्लाहकार अग्रिम श्रेष्ठ, संस्थापक सचिव गणेश श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठ, जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख भीमसेन कार्की लगायतले बोलेका थिए ।

अध्यक्ष तिलकप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव कोपिला श्रेष्ठ र स्वागत उपाध्यक्ष कपिल पोखरेलले गरेका थिए ।