काठमाडौं, २० माघ । साताको तेश्रो दिन मंगलबार आज शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज ६५.४९ अंकले बढेको छ । यसरी बढेको नेप्से २४७३.७३ अंकमा पुगेको छ । नेप्से २.७२ प्रतिशतले बढेको छ । सेन्सेटिभ परिसूचक १४.१० अंकले बढेर ४५१.३८ अंकमा रोकिएको छ ।
आज २०१ कम्पनीको १ करोड ५३ लाख २५ हजार ६२३ कित्ता शेयर खरिदबिक्री भएको छ । खरिदबिक्रीबाट ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार भएका १२ उपसमूहमा ११ वटा उपसमूहमा हरियाली छाएको छ भने बाँकी एउटा उपसूमहमा रातो लागेको छ । आज रातो लागेको उपसमूह होटल उपसमूह हो ।
कारोबार भएको आधारलाई लिने हो भने आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ५८ करोड ८७ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।








पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



