
काठमाडौं, २१० माघ । हिमालयन बैंकले आफ्नो मोबाइल बैंकिङ सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी हुने प्रणाली शुरुआत गरेको छ । याे सेवाको शुरुआतसँगै बैंकका ग्राहकले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाइल बैंकिङ एप्सबाट सजिलै भुक्तानी गर्न सक्ने भएका छन् ।
बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेसमार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार गरेको हो । यस्तै, मोबाइल बैंकिङको एनपीआइमार्फत सरकारी भुक्तानी गर्ने व्यवस्था गर्ने हिमालयन बैंक पहिलो बैंक भएको छ । बैंकले पहिलेदेखि नै आफ्नो मोबाइल बैंकिङ च्यानलबाट कनेक्ट आइपिएसमार्फत रियल टाइम अनलाइन फण्ड ट्रान्स्फर सेवा प्रदान गर्दै आएको छ ।
यस्तै, मोबाइल बैंकिङबाट थप गरिएको सरकारी भुक्तानीको सेवाले राजस्व सङ्कलनको प्रक्रियामा ग्राहक एवं सरकारी पक्ष दुवैलाई सहज हुने विश्वास गरेको छ । अब अनलाइनमार्फत सरकारी कर तथा राजस्व भुक्तानी कनेक्ट आइपिएसको मोबाइल बैंकिङ एप्ससहित हिमालयन बैंकको मोबाइल बैंकिङ एप्सबाट पनि गर्न सकिने छ ।
हिमालयन बैंक वाणिज्य बैंकमध्येमा एक अग्रणी बैंक हो । यसले आफ्ना विभिन्न वैकल्पिक सेवा प्रणालीमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



