केही पश्चिमी मुलुकद्वारा चिनियाँ खोपबारेको मनोवृत्तिमा परिवर्तन

-



     सफल आवाज    
     माघ २१ गते २०७७ मा प्रकाशित



बेइजिङ, २१ माघ । गएको एक सातामा केही पश्चिमी मुलुक र मिडियाले चिनियाँ खोपबारेको मनोवृत्तिमा परिवर्तन आएको देखिएको छ। जर्मनीका स्वास्थ्य मन्त्री जेन्स स्पाह्नले युरोपियन संघको अनुमोदन पाउने हो भने चिनियाँ र रूसी खोप जर्मनीमा प्रयोग गर्न कुनै समस्या नहुने बताए । फ्रान्सका प्रतिरक्षा विज्ञानका विद्वान एलान फिशरले युरोपियन संघले चीन वा रूसबाट उत्पादित खोप प्रयोग गर्न अनुमोदन गर्नुपर्ने कुरा व्यक्त गरे ।

चिनियाँ खोपप्रति पश्चिमा मुलुकको मनोवृत्तिमा दखिएको यस्तो परिवर्तनले सबैलाई अचम्मित बनाएको छ। एक हप्ता अघि पश्चिमा मिडियाले धेरै समाचारहरूमार्फत अमेरिकी फाइजर र बेलायतको आस्ट्रा जेनेका कम्पनीबाट उत्पादित खोपबारे विज्ञापन गरी विश्वमा प्रचार गरेका थिए। साथै ती मिडियाले चीनबाट आएको खोप अमेरिकी खोपको सूचना चोरी गरी बनाइएको झुटो कुरा पनि प्रसारण गर्नुका साथै आफ्नो खोप विश्वको बजारमा हावी गर्न खोजेका थिए।

तर अमेरिकी फाइजर र बेलायतको आस्ट्रा जेनेका कम्पनीले आफ्नो मुलुकको आवश्यकता पूर्ति गर्न युरोपियन संघको मागमा ढिलाइ गरिरहेको थियो। यसको साथै सर्बियाले चीनबाट दश लाख खोप आयात गरेको र युरोपियन संघको अनुमोदनपछि चिनियाँ खोप लगाउने हंगेरी पहिलो पश्चिमा मुलुक बनेको सिआरआइले जनाएको छ ।