
काठमाडौं, २१ माघ । वोमी लघुवित्त वित्तीय संस्थाले यो आर्थिक वर्षमा अघिल्लो वर्षको भन्दा २७.६७ प्रतिशत बढी नाफा कमाउन सफल भएको छ । यस वर्षको दोश्रो त्रैमासमा संस्थाले ५ करोड ३१ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
संस्थाको खुद ब्याज आम्दानी २०.५९५ बढेर ११ करोड ६८ लाख ६८ हजार पुगेको छ । अघिल्लो वर्षको खुद ब्याज आम्दानी ९ करोड ६९ लाख १३ हजार रहेको थियो । वोमी लघुवित्तको संचालन नाफा पनि बढेर ८ करोड ४३ लाख ३६ हजार रुपैयाँ पुगेको छ । यसअघि उक्त नाफा ६ करोड ६० लाख रहेको थियो ।
स्मरण रहोस्, वोमी लघुवित्त वित्तीय संस्थाको पुस महिनाको अन्त्यसम्म आउँदा १ अर्ब ४ करोड ४५ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन भएको वित्तीय विवरणमा जनाईएको छ । यस्तै ३ अर्ब ७१ लाख ८२ हजार रुपैयाँ कर्जा लगानी गरेको उल्लेख छ ।
३६ करोड १२ लाख २ हजार चुक्ता पूँजी रहेकाे वाेमीकाे जगेडा कोषमा १४ करोड ६६ लाख २४ हजार रुपैयाँ माैज्दात रहेकाे छ ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



