
काठमाडौं, २१ माघ । नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्रमा आवेदन दिने समय माघ ३० गतेसम्म थप गरिएको छ । बैंकको ऋणपत्र माघ १६ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा छोटो अवधिमा आवश्यक आवेदन नपरेपछि म्याद लम्बिएको हो । ‘नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड २०८४’ नामक सात बर्षे अवधिको ऋणपत्रमा हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गरिरहेको ब्याज भन्दा बढी ब्याज दिनेगरी ऋणपत्रको बिक्री खुला गरेको हो ।
प्रतिकित्ता एक हजार रुपैयाँ अंकित ऋणपत्र ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले निष्काशन गरेको ४ अर्बको ऋणपत्र मध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सामुहिक लगानी कोषलाई र बाँकी सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।
बैंकको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाउनेछन् । वाणिज्य बैंकहरुले निक्षेपकर्तालाई १ वर्षको ६ देखि अधिकतम ८ प्रतिशत ब्याज दिँदै आएका छन् भने बचतको व्याजदर औसतमा २ प्रतिशत छ ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



