
काठमाडौं, २१ माघ । एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न ३ कम्पनीहरुको संस्थापक शेयर लिलाममा बिक्री गर्दैछ । बैंकले सूर्या लाईफ इनस्योरेन्स, नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो ।
बैंकले सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ७३ हजार ८४४ कित्ता शेयर न्युनतम शेयरमूल्य प्रतिकित्ता ३७८ रुपैयाँ, नागरिक लगानी कोषको १ लाख ८२ हजार ५६० कित्ता शेयर न्यूनतम शेयरमूल्य प्रतिकित्ता १ हजार ६२३ रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सको ९२ हजार २६६ कित्ता शेयर न्युनतम शेयरमूल्य प्रतिकित्ता ५३० रुपैयाँमा बिक्री गर्न लागेको हो।
सो शेयर खरिदका लागि योग्य लगानीकर्ताहरुले माघ २० गतेदेखि २६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। बैंक श्रोतका अनुसार यी कम्पनीहरुमा भएको लगानी अन्तै डाईभर्ट गर्ने योजनाका साथ शेयर बिक्री गर्न लागिएको हो ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



